काठमाडौं- नेपाल आयुर्वेद चिकित्सक संघले सुर्खेतमा आयुर्वेद चिकित्सकहरु माथि भएको हातपात भएको घटनाप्रति आत्पति जनाएको छ।
संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेतस्थित प्रदेश औषधालयको आइसोलेसन सेन्टरका प्रमुख डा शंकरप्रसाद रिजाल, डा यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि सांघातिक आक्रमण गरी घाइते बनाएको भन्दै भत्सर्ना गरेका छन्।
उक्त विज्ञप्तिमा भनिएको छ,'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) अध्यादेश २०७८ बमोजिम पुर्पक्षका लागि थुनामा राखि हदै सम्मको जरिवाना र कैद हुन तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई क्षतिपूर्ति उपलव्ध गराउन यस संघ जोडदार माग गर्दछ।'