काठमाडौं - देशभर हाल १ हजार ५ सय ७९ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार २ सय ६ आइसीयू र ३७३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार १ हजार ५ सय ५५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १९७ आइसीयू र ५५ भेन्टिलेटरमा, प्रदेश २ मा ५० आइसीयू र १२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२५ आइसीयू र २४९ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ९४ जना आइसीयू र २५ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १०४ जना आइसीयू र १८ जना भेन्टिलेटरमा, कर्णालीमा २० जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा १६ जना आइसीयू र ६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५७७ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १६ आइसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १६ आइसीयू र ७ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा १० आइसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू र १९ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५१ आइसीयू र २८ भेन्टिलेटरमा, पाटन अस्पतालमा २३ आइसीयू र १२ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयू र १ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र ३ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा २५ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १५ आइसीयू र ६ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा १७ जना आइसीयू र १२ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ६० आइसीयू र २३ भेन्टिलेटरमा, स्टार अस्पतालमा ३ आइसीयू र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
मनमोहन अस्पतालमा ३ आइसीयू र १ जना भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १५ आइसीयू र २ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा १० आइसीयू र ३ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १० आइसीयू र ३ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ४ आइसीयु र २ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ६१ आइसीयू र ५ भेन्टिलेटरमा छन्।