काठमाडौं- अमेरिकास्थित गार्डियन हेल्थ सिस्टमले राष्ट्रिय आविष्कार केन्द्रलाई ५० वटा भेन्टिलेटर सहयोग गरेको छ। ती भेन्टिलेटर नेपालका ९ वटा अस्पताललाई वितरण गरिने बताइएको छ।
अमेरिका नेपाल मेडिकल मेडिकल फाउन्डेसनका पूर्व अध्यक्ष डाक्टर सन्तोष सापकोटाको सहजीकरणमा उक्त भेन्टिलेटर नेपाल आइपुगेको हो।
डाक्टर सापकोटाका अनुसार ती भेन्टिलेटर वितरण गरिने अस्पतालहरुले प्रयोग गरे/नगरेको नियमन गरिने र प्रयोग नगरिएको पाइएमा फिर्ता लिइने बताए।
उनले भने,‘अस्पतालहरुले भेन्टिलेटर प्रयोग गरेनगरेको पाइएमा फिर्ता लिइने छ। अर्को आवश्यक परेको अस्पताललाई दिइने छ। ती भेन्टिलेटरह बिग्रेको अवस्थामा आविष्कार केन्द्रले नै बनाउने छ। भेन्टिलेटर चलाउनका डाक्टर नर्सहरुलाई चलाउन तालिम अमेरिका नेपाल मेडिकल फाउन्डेसनले दिनेछ।’
ती भेन्टिलेटर वीर अस्पताल १० वटा, सिभिल अस्पताललाई ५ वटा, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ वटा, लुम्बिनी प्रादेशिक अस्पताललाई ५ वटा, टीकापुर अस्पताललाई ५, मेची अस्पताल भरतपुरलाई ५ वटा, नारायणी अस्पताल वीरगन्जलाई ५ वटा, पोखरा स्वास्थ्य विज्ञान अस्पताललाई ५ वटा र त्रिसुली अस्पतालाई ५ वटा वितरण गरिने राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ।