दमक– दमकमा कोरोनाको दोस्रो भेरिएन्टयता संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। आइतबार दमक–५ का एक पुरुषको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
दमकमा पीसीआर तथा एन्टिजेन परीक्षणमार्फत हालसम्म एक हजार ५१२ जनामा कोरोनाको दोस्रो भेरियन्ट पुष्टि भइसकेको छ।
दमकमा हाल सक्रिय संक्रमितको संख्या ३५२ रहेको छ। हाल ३४७ जना होम आइसोलेशनमा रहेकोस्वास्थ्य शाखाले जनाएको छ।
नगरपालिकाले हालसम्म एक हजार १४६ जनाको निःशुल्क पीसीआर परीक्षण गरेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा आइतवारसम्म कोरोना संक्रमणबाट ३ सय जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट जिल्लाको दमकसहित बिर्तामोड, भद्रपुर र मेचीनगर बढी प्रभावित छ। रासस