सर्लाही- सर्लाहीको बरहथवा–१० सीतापुरमा रहेको आइसोलेसन केन्द्रमा इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धवसिंह भाटले आर्थिक सहयोग गरेका छन्। भाटले आइसोलेसन सेन्टरमै पुगेर आफ्नो मासिक तलबको आधा रकम सहयोग गरेका हुन्।
उनले आइसोलेसन केन्द्रलाई २५ हजार नगर सहयोग गरेका हुन्। नगरमा कोभिड संक्रमितको बिरामीहरु उपचारबाट बञ्चित हुन नपरोस् भनेर युवाहरु मिलेर सञ्चालनमा ल्याइएको आइसोलेसन सेन्टरमा सहयोग गरेको डिएसपी भाटले बताए।
सर्लाही कोभिड–१९ र्यापिड रेस्पोन्स टिमका संयोजक नवीन यादवले डिएसपी भाटको सहयोगको प्रशंसा गर्दै यसले आफू र आफ्नो टिमलाई झन् उर्जाशील बनाएको बताए।
जिल्लाका सक्रिय युवाहरुको सहभागिता रहेको उक्त टीमले जिल्लाका २० वटै स्थानीय निकायमा ’निशुल्क स्वास्थ्य परीक्षण तथा हेल्प डेस्क’ कार्यक्रम समेत संचालन गर्दै आएका छन्।
टिएमएनसी आइसोलेसन केन्द्रका कार्यकारी निर्देशक सरोज रायको पनि उपस्थिति रहेको थियो।