काठमाडौं - नेपाल रेडियोलोजिष्ट एशोसिएसन (एकेडेमिक विङ) ले कोभिड-१९ चेस्ट इमेजिङ विषयमा एक दिने सेमिनार सम्पन्न गरेको छ।
कोरोना महामारीका खटिएका रेडियोलोजिस्टहरुको अनुभव आदानप्रदानका लागि एशोसिएसनले भर्चुअल माध्यमबाट सेमिनार गरेको हो।
कार्यक्रममा एशोसिएसनका महासचिव डा सुन्दर सुवालले कोरोनाका कारण अवरुद्ध हुन पुगेको एशोसिएसनको एकेडेमिक कार्यक्रमहरु सातै प्रदेशमा भर्चुअल माध्यमबाटै भएपनि निरन्तर सञ्चालन गर्नुपर्ने बताए।
कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका असिस्टेण्ट प्रोफेसर डा करुन देवकोटा, विराट मेडिकल कलेजका असिस्टेण्ट प्रोफेसर डा मनिषराज पाठक, नोबेल मेडिकल कलेजका असिस्टेण्ट प्रोफेसर डा महेश गौतमले प्रतिनिधित्व गरेका थिए। कार्यक्रममा रेडियोलोजिस्ट र रेडियोलोजिका आवासीय चिकित्सक गरी १८५ जनाको सहभागिता थियो।