काठमाडौं - देशभर हाल १ हजार ३ सय १९ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ९९५ आइसीयू र ३२४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १६३ आइसीयू र ५९ भेन्टिलेटरमा, प्रदेश २ मा ४७ आइसीयू र १० जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५७४ आइसीयू र २०५ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ८४ जना आइसीयू र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८० जना आइसीयू र १५ जना भेन्टिलेटरमा, कर्णालीमा १९ जना आइसीयू र ९ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २८ जना आइसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ५२८ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १६ आइसीयू र ७ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १४ आइसीयू र ६ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा ६ आइसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ जना आइसीयू र १८ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा २३ आइसीयू र १८ भेन्टिलेटरमा, पाटन अस्पतालमा २० आइसीयू र ११ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १४ जना आइसीयू र १ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ४ आइसीयू र ३ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा २३ जना आइसोेलेसनमा छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १५ आइसीयू र ४ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा १८ जना आइसीयू र १० जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ५४ आइसीयू र २० भेन्टिलेटरमा, स्टार अस्पतालमा २ आइसीयू र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
मनमोहन अस्पतालमा २ आइसीयू र १ जना भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १७ आइसीयू र २ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ९ आइसीयू र ३ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १० आइसीयू र ३ भेन्टिलेटरमा, नेपाल कोरिया मैत्री अस्पतालमा ३ आइसीयु र २ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ४८ आइसीयू र ५ भेन्टिलेटरमा छन्।