काठमाडौं - देशभर हाल १ हजार २ सय ५२ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ९६७ आइसीयू र २८५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि सोमबार १ हजार ३ सय १९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १९३ आइसीयू र ५३ भेन्टिलेटरमा, प्रदेश २ मा ४८ आइसीयू र ७ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५३५ आइसीयू र १७५ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ७८ जना आइसीयू र १९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७१ जना आइसीयू र १५ जना भेन्टिलेटरमा, कर्णालीमा १९ जना आइसीयू र ९ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २३ जना आइसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ३५४ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १६ आइसीयू र ८ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १८ जना आइसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १२ आइसीयू र ४ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा ६ आइसीयूमा, नेपाल प्रहरी अस्पतालमा १९ आइसीयू र ११ भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २० जना आइसीयू र १५ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४७ आइसीयू र २४ भेन्टिलेटरमा, पाटन अस्पतालमा १९ आइसीयू र १० भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १२ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा २४ जना आइसोेलेसनमा छन्।
मनमोहन अस्पतालमा ३ आइसीयू र १ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १५ आइसीयू र २ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा १० आइसीयू र ३ भेन्टिलेटरमा, किस्ट अस्पतालमा ९ आइसीयू र २ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ५२ आइसीयू र ५ भेन्टिलेटरमा छन्।