काठमाडौं- कर्णाली प्रदेश सरकारले सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।
मंगलबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले अक्सिजन प्लान्ट स्थापना गर्ने विषय बजेटमा समेटिएको बताएका हुन्।
कोभिड १९ बाट मृत्यु भएका परिवारलाई निश्चित रकम उपलब्ध गराउने अर्थमन्त्री शर्माले बताए। प्रदेशभित्र नि:शुल्क कोभिडको परीक्षण गर्ने पनि जनाएको छ।