काठमाडौं - देशभर हाल १ हजार १ सय ८० जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ९६७ आइसीयू र २८५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार १ हजार २ सय ५२ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १४६ आइसीयू र ४९ भेन्टिलेटरमा, प्रदेश २ मा ४० आइसीयू र ६ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५२८ आइसीयू र १७८ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ७४ जना आइसीयू र १५ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आइसीयू र १७ जना भेन्टिलेटरमा, कर्णालीमा १९ जना आइसीयू र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २६ जना आइसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ३६४ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १४ आइसीयू र ८ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १८ जना आइसीयू र ५ भेन्टिलेटरमा, वीर अस्पतालमा १७ आइसीयू र ८ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा ५ आइसीयूमा, नेपाल प्रहरी अस्पतालमा २६ आइसीयू र १३ भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ जना आइसीयू र १६ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५० आइसीयू र २५ भेन्टिलेटरमा, पाटन अस्पतालमा २० आइसीयू र १० भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १२ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ६ आइसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा २९ जना आइसोेलेसनमा छन्।
मनमोहन अस्पतालमा ४ आइसीयू र १ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १५ आइसीयू र २ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ५ आइसीयू र ३ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १० आइसीयू र ३ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ४३ आइसीयू र ४ भेन्टिलेटरमा छन्।