काठमाडौं- ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज अफर सार्वजनिक गरेको छ। कोभिड संक्रमण मुक्त भइसकेपछि देखिने समस्या त्यसबाट हुने स्वास्थ्य समस्याका जोखिम कम गर्न ओम हस्पिटलले आवश्यक जाँच तथा परिक्षणहरु सहितको सुलभ ‘पोष्ट कोभिड हेल्थ चेकअप’को अफर सार्वजनिक गरेको छ।
अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीले कोभिड पछिका स्वास्थ्य समस्या र सम्भावित जटिल अवस्थाहरुको समयमा नै निदान तथा उपचार गरी बढ्दो क्रममा रहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्य सहित प्याकेज घोषणा गरेको गरिएको बताएका छन्।
अस्पतालले मात्र रु ६ हजार पाँच सय रुपैयामा उपलब्ध गराएको पोष्ट कोभिड प्याकेजअन्तर्गत सिबीसी, सीआरपी, कोभिड एन्टीबडी, डी-डाइमर, चेस्ट एक्स रे, इसिजी लगायतका जाँचको सुविधा सहित विशेषज्ञ चिकित्सकसँगको कन्सल्टेशन सुबिधा उपलब्ध हुने अस्पतालले जनाएको छ।
ओम हस्पिटलका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा विश्वनाथ कोइरालाले पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज पूणर् स्वास्थ्यलाभ गरी ढुक्कसँग आफ्नो नियमित जीवनशैली र कामकाजमा फर्कनेहरुका लागि उपयोगी भएको बताए।
नेपालमा कोभिडको दोश्रो लहर पछि निको भएका धेरै बिरामीहरुमा पनि विभिन्न स्वास्थ्य समस्या देखिने गरेको ॐ हस्पिटलका सिनियर कन्सल्ट्यान्ट चेष्ट फिजिसियन प्राडा सुबोधसागर ढकालले बताए।
उनीहरुमा कोभिड मुक्तभएको लामो समयसम्म पनि शारीरिक समस्या हुँने, जीउ दुख्ने, छिटो थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, उच्च रक्तचाप, हिड्दा स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने लगायतका समस्याहरु देखिएको प्राडा ढकालले बताए। यस्ता समस्यालाई बेवास्ता नगर्न र तुरुन्त अस्पताल आएर परिक्षण गराउन उनको सुझाव रहेको छ ।
बिरामीको अवस्था हेरेर आवश्यकता अनुसार थप जाँचहरुमा एआरसिटी चेष्ट, स्पाइरोमेट्री (पिएफटी) र
प्याकेज अन्तर्गत परिक्षण गर्नका लागि ओम अस्पतालको सम्पर्क नम्बर ०१-४४७६२२५ मा फोन गरेर वेलनेश मेडिसिन सेन्टरको एक्टेन्सन नम्बर १८७ मा अग्रिम बुकिङ पनि गर्न सक्ने सुविधा समेत रहेको विज्ञप्तिमा जनाइएको छ। त्यसैगरी, सिधा अस्पतालमा आएर पनि पोस्ट कोभिड प्याकेज अन्तर्गत परिक्षण गर्न सकिने पनि अस्पतालले जनाएको छ।