काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टाेलीका खेलाडीहरुले कोरोनाविरुद्धको खोप लगाएका छन्।
बिहीबार ललितपुर जिल्ला स्वास्थ्य कार्यालयमा विश्वकप तथा एसियन कप छनोट खेलेर नेपाल फर्किएका खेलाडीले खोप लगाएका हुन्।
खेलाडीसँगै अफिसियलले पनि काेराेनाविरुद्धकाे खोप लगाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
विश्वकप छनोट खेलेर नेपाली टाेली आइतबार राति कुवेतबाट स्वदेश फर्किएका थिए।