काठमाडौं - देशभर हाल १ हजार १ सय ६५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ९१६ आइसीयू र २४९ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १ हजार १ सय ८० जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १६९ आइसीयू र ३५ भेन्टिलेटरमा, प्रदेश २ मा ३६ आइसीयू र ४ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५२० आइसीयू र १६४ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ७४ जना आइसीयू र १७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आइसीयू र १४ जना भेन्टिलेटरमा, कर्णालीमा १९ जना आइसीयू र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २६ जना आइसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ३५५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १४ आइसीयू र ८ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ५ भेन्टिलेटरमा, वीर अस्पतालमा १८ आइसीयू र ५ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा ४ आइसीयूमा, नेपाल प्रहरी अस्पतालमा २६ आइसीयू र १० भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ जना आइसीयू र १६ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५१ आइसीयू र २४ भेन्टिलेटरमा, पाटन अस्पतालमा १७ आइसीयू र ९ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १२ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र १ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा २६ जना आइसोेलेसनमा छन्।
मनमोहन अस्पतालमा ५ आइसीयू र १ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १५ आइसीयू र २ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ३ आइसीयू र २ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १० आइसीयू र ३ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ४३ आइसीयू र ५ भेन्टिलेटरमा छन्।