काठमाडौं- तिलगंगा आँखा प्रतिष्ठानले झन्ट्राल रिम्पोचे तथा तेज कोहली रूइत फाउन्डेसनको सहयोगमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकाका बाढीपहिरो पीडितलाई खाद्यान्न लगायतका अन्य आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
प्रतिष्ठानका प्रमुख वित्त अधिकृत रामचन्द्र खनालको नेतृत्वमा शुक्रबार गएको टोलीले हेलम्बु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छिरिङ ग्याल्बु लामालाई खाद्यान्नलगायतका अन्य आवश्यक स्वास्थ्य सामग्री र मेलम्चीका वडा अध्यक्ष रूद्र दुलाललाई एन्टिजेन किट हस्तान्तरण गरेको थियो।
प्रतिष्ठानले तीन हजार ६५० किलो चामल, ३०० किलो गेडागुडी, ३०० किलो दाल, ३०० किलो आँटा, १५० किलो नून, चिनी ३०० किलो, चिउरा ७०० किलो, ३०० वटा साबुन, १५० लिटर खाने तेल, मसला, बेसार, मस्यौरा १५० किलो, मन्जन, ब्रस, चियापत्ती, पियुष, जीवनजल ८०० प्याकेट, स्यानीटरी प्याड, सिटामोल तथा ५० थान एन्टिजेन किट हेलम्बु गाउँपालिका तथा १५० थान एन्टिजेन किट मेलम्ची नगरपालिकालाई हस्तान्तरण गरेको जानकारी दिएको छ।