काठमाडौं - देशभर हाल १ हजार १ सय २१ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ८७१ आइसीयू र २५० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १ हजार १ सय ३२ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १५२ आइसीयू र ४९ भेन्टिलेटरमा, प्रदेश २ मा ३७ आइसीयू र २ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४८४ आइसीयू र १५२ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ७७ जना आइसीयू र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ८१ जना आइसीयू र १७ जना भेन्टिलेटरमा, कर्णालीमा १५ जना आइसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २५ जना आइसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ३४९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १४ आइसीयू र ८ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १८ जना आइसीयू र ६ भेन्टिलेटरमा, वीर अस्पतालमा १७ आइसीयू र ६ भेन्टिलेटरमा, राष्ट्रिय ट्रमा सेन्टरमा ५ आइसीयूमा, नेपाल प्रहरी अस्पतालमा २२ आइसीयू र १२ भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २१ जना आइसीयू र १६ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५१ आइसीयू र २६ भेन्टिलेटरमा, पाटन अस्पतालमा १९ आइसीयू र ९ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र १ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा २३ जना आइसोेलेसनमा छन्।
मनमोहन अस्पतालमा १ आइसीयूमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १४ आइसीयू र १ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ४ आइसीयूमा, किस्ट अस्पतालमा ८ आइसीयू र २ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ४३ आइसीयू र ५ भेन्टिलेटरमा छन्।