काठमाडौं- कर्माचारी समायोजनका क्रममा दुर्गम तथा अति दुर्गम क्षेत्रमा समायोजन भएका तर उक्त स्थानमा दरबन्दी नहुँदा समस्यामा परेका स्वास्थ्यकर्मीको समस्या अब समाधान भएको छ।
स्वास्थ्य सेवा अन्तरगत विभिन्न तहमा कार्यरत कर्मचारीहरु समायोजन ऐन २०७५ को व्यवस्था बमोजिम स्थानीय तहमा समायोजन भएका तर दुर्गम तगा अति दुर्गम क्षेत्र नभएको हुँदा उक्त भौगोलिक क्षेत्रका कार्यक अनुभव नभएका कर्मचारीको अन्य स्थानीय तहमा सरुवा गर्ने कानुनी आधार नभएकाले दुविधाको अवस्था थियो।
स्वास्थ्य मन्त्रालयले कानुनी रुपमा दुविधा भएपछि महान्यायाधिवक्ताको कार्यालयमा यसबारे प्रष्ट पार्न राय माग गरेको थियो। महान्यायाधिवक्ताको कार्यालयले उक्त विषयमा राय दिँदै पद तथा दरबन्दी नभएका कर्मचारीलाई त्यस्तो क्षेत्रमा खटाउन नसकिने तर उनीहरुको वृति विकासलाई दृष्टिगत गरी माथिल्लो तहमा स्तरवृद्धि गर्न सकिने राय दिएको छ।
हेरौं पत्र
