काठमाडौं- सरकारले गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा विनोद बिन्दु शर्मालाई नियुक्त गरेको छ। गण्डकी प्रदेशमा हालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन भएको थियो।
हेल्थ एजुकेशन समूहको एघारौं तहमा कार्यरत शर्मालाई सोमबार सचिवमा खटाउने निर्णय भएको हो।
यसअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा विकास देवकोटा नियुक्त भएका छन्। हालसम्म गण्डकी र लुम्बिनी प्रदेशमा मात्र छुट्टै स्वास्थ्य मन्त्रालय रहेको छ।