काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डाक्टर चाँदनी वैद्यको निधन भएको छ। उनी लामो समयदेखि स्तन क्यान्सर रोगले पिडित थिइन। १५ वर्षअघि उनको शल्यक्रिया गरिएको थियो। उनको लिभर मेटास्टाटेससका कारण निधन भएको बताइएको छ।
५३ वर्षिया वैद्यको आज बिहान भक्तपुर क्यान्सर अस्पतालमा निधन भएको पराेपकार प्रसुति तथा स्त्रीराेग अस्पतालका प्रमुख एनेस्थेसियोलोजिस्ट प्राडा अमीरबाबु श्रेष्ठले जानकारी दिए। डा वैद्य श्रेष्ठकी भाइबुहारी हुन्।