काठमाडौं - नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ।
'पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्ल्यूएचओ ध्यानआकर्षण गराउन चाहन्छ। डब्ल्यूएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झूटो आरोप हो। यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ,' डब्ल्यूएचओले जारी गरिएको विज्ञप्तिमा भनिएको छ.
संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ यस किसिमको गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ। दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्यांकहरु मात्र उपलब्ध छन्।’
भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेका छन् र कोभिसिल्ड) खोपको साटो दोस्रो मात्रामा भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्ष पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक भएको संगठनले जनाएको छ।