काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
डा गिरीको योग्यताका विषयमा प्रश्न उठ्दै आएपछि शशि विक्रम कार्की र आशिष राई उक्त विषयमा छानबिन गर्न अख्तियरमा उजुरी हालेको हो। डा गिरीले विश्वविद्यालयबाट वैध रुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले प्रतिष्ठानको उपकुलपति भएको विषय बाहिर आइरहेको छ।
अख्तियरमा परेको उजुरीमा उक्त कुरा पनि उल्लेख छ।
हेरौं उजुरी