काठमाडौं - देशभर हाल ९४३ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ७३६ आइसीयू र २०७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १४५ आइसीयू र ४५ भेन्टिलेटरमा, प्रदेश २ मा ३० आइसीयू र १ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४०५ आइसीयू र १२९ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ७७ जना आइसीयू र १६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५१ जना आइसीयू र १२ जना भेन्टिलेटरमा, कर्णालीमा १७ जना आइसीयू र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ११ जना आइसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २७८ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १२ आइसीयू र ५ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १५ जना आइसीयू र २ भेन्टिलेटरमा, वीर अस्पतालमा १९ आइसीयू र १० भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा १८ आइसीयू र ९ भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना आइसीयू र १३ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ३७ आइसीयू र १८ भेन्टिलेटरमा, पाटन अस्पतालमा २१ आइसीयू र ७ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ३ आइसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १३ जना आइसोेलेसनमा छन्।
मनमोहन अस्पतालमा २ आइसीयूमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १० आइसीयू र १ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ४ आइसीयू र ३ भेन्टिलेटरमा, किस्ट अस्पतालमा ५ आइसीयू र २ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा २२ आइसीयू र ५ भेन्टिलेटरमा छन्।