काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ।
काउन्सिलबाट २४८७ नम्बरमा दर्ता भएका डा गिरीले कुनै पनि विश्वविद्यालयबाट वैध रुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले प्रतिष्ठानको उपकुलपति भएको विषय बाहिर आइरहेको भन्दै छाबनिका लागि काउन्सिलमा उजुरी परेको हो।
डा गिरीको योग्यताका विषयमा प्रश्न उठ्दै आएपछि शशि विक्रम कार्की र आशिष राई उक्त विषयमा छानबिन गर्न काउन्सिल ऐन अनुसार 'आफूले नपाएको आधुनिक औषधि सम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेखेको' कसुर अन्तर्गत उपदफा २ अन्तरगत तीन वर्षसम्म कैद र तीन हजारसम्म जरिवाना दुवै सजाय दिने प्रक्रिया अघि बढाउन माग गर्दै उजुरी हालेका हुन्।
यसअघि डा गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो।
हेरौं उजुरी