काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक गर्न लागेको दर्ता परीक्षा (लाइसेन्स) स्थगित भएको छ। परिषदले असार १९ गते परीक्षा लिने तयारी गरेको थियो।
कोभिड-१९ संक्रमणका कारण परीक्षा स्थगित गर्नुपरेको परिषदले जनाएको छ। परिषदले लाइसेन्स परीक्षा पहिलो पटक गर्न लागेको हो।
परीक्षा काठमाडौंमा नै हुने कार्यतालिका बनाइएको छ। तर कोभिड संक्रमणका कारण परीक्षार्थी काठमाडौं आउन नसक्ने देखिएपछि परिषदले तत्कालका लागि परीक्षा स्थगित गरेको हो।
परिषदले परीक्षाको अर्को मिति पछि प्रकाशित गर्ने जनाएको छ।