काठमाडौं - देशभर हाल ९५६ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ७३४ आइसीयू र २२२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १४५ आइसीयू र ४२ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसीयू र १ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४०५ आइसीयू र १४१ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ७७ जना आइसीयू र १८ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६० जना आइसीयू र १४ जना भेन्टिलेटरमा, कर्णालीमा १४ जना आइसीयू र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ९ जना आइसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २७९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसीयू र ४ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १६ जना आइसीयू र २ भेन्टिलेटरमा, वीर अस्पतालमा १६ आइसीयू र ७ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा २० आइसीयू र ९ भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १७ जना आइसीयू र १४ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४२ आइसीयू र २८ भेन्टिलेटरमा, पाटन अस्पतालमा २२ आइसीयू र ७ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा ९ जना आइसीयूमा, भक्तपुर अस्पतालमा १ आइसीयू र १ भेन्टिलेटरमा छन्। मनमोहन अस्पतालमा २ आइसीयूमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा ८ आइसीयू र १ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा २ आइसीयूमा, किस्ट अस्पतालमा ४ आइसीयू र १ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा ३० आइसीयू र ५ भेन्टिलेटरमा छन्।