काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रतिष्ठान परिसरमा प्रदर्शन गरेका छन्।प्रतिष्ठान संघर्ष समितिको आव्हानमा सम्पूर्ण फ्याकटी, जुनियर रेसिडेण्ट, विधर्थी, कर्मचारी, नर्सहरु लगायत सम्पूर्ण स्वस्थ्यकर्मीहरुले प्रदर्शन गरेका हुन्।
प्रतिष्ठानमा भष्ट्राचार तथा अनियमितताका गतिविधि बढ्दै गएको भन्दै उनीहरुले प्रतिष्ठानका रेक्टर, रजिस्ट्रार, अस्पताल निर्देशकले चढ्ने सवारी साधनको चाबी समेत नियन्त्रणमा लिएका छन्।
उनहरुले प्रतिष्ठान डुबाउनेलाई संस्थाको गाडी चड्ने अधिकार नभएको भन्दै प्रतिष्ठान सुधार गर्ने योजना सहित शुद्धिकरणको मुद्दामा सम्बोधन गरेमा मात्र चाबी फिर्ता गरिने समेत बताएका छन्।