काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत कर्मचारी तथा विद्यार्थीहरु रिले अनसनमा बसेका छन्। प्रतिष्ठानका मेडिकल, डेन्टल, नर्सिङ, नन् मेडिकल फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन्।
प्रतिष्ठान परिसरमा डा विष्णु पोखरेल, डा पदम नेपाली, डा अमृत जैशी, ज्योति विगत र सुवास बन्जाडे अनसनमा बसेका छन्।
प्रतिष्ठान सुधारका लागि प्रतिष्ठानमा असार १ गतेदेखि आन्दोलन सुरु भएको हो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान- संयुक्त संघर्ष समिति बनाई विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेका छन्।
अनियमतताको विरोध र पारदर्शीताको माग गर्दा उल्टै स्पष्टीकरण सोधेको भन्दै प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले विरोध प्रदर्शन र र्याली गर्दै आइरहेका छन्।