धनगढी– राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति कैलालीले सेती प्रादेशिक अस्पताललाई ३५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ।
कोरोना भाइरस (कोभिड–१९) का बिरामीहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले सिलिन्डर सहयोग गरेको कार्यसमितिले जनाएको छ।
हङकङ स्थायी निवासी सिन हौतुङ र अमरधन मेमोरियल फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङको सहयोगमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको राप्रपाका युवा नेता पुरु दाहालले बताए।