काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघ चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानले कोभिड संक्रमितको उपचारका विषयलाई लिएर तथ्यहिन र कपोकल्पित समाचारहरु आइरहेको भन्दै ध्यानाकर्षण गरेको छ।
केही सञ्चार माध्यममा गुरु मैनालीको मृत्युपछि रघु मैनालीले लेखेको विषय प्रकाशित भएको थियो। जस्मा त्रिवि शिक्षण अस्पतालमा कोभिड उपचारमा ९५ प्रतिशत बिरामीको मृत्यु भएको भनेर तथ्यहिन र मनगढन्ते कुरा लेखिएको भन्दै स्वास्थ्यकर्मी संघ शिक्षण अस्पताल प्रतिष्ठानले ध्यानाकर्षण गरेको हो।
संघले अस्पतालका विषयमा लगाइएको तथ्यहिन आरोपका विषयमा अस्पताल प्रशासन, नेपाल चिकित्सक संघ तथा नर्सिङ संघले पनि आधिकारिक रुपमा बोल्नु पर्ने भन्दै ध्यानाकर्षण गरेको छ।
'शिक्षण अस्पताल यस्तो महामारीमा पनि आफ्ना सिमित श्रोत र साधनका बिचमा पनि निरन्तर कोभिड महामारिमा देश र जनताप्रतीको उत्तरदायित्वलाई बहन गर्दै संस्थाका दक्ष, विशेषज्ञ चिकित्सक, नर्सिङ, स्वास्थकर्मीप्रती तथ्यहिन र प्रमाणरहित, कपोकल्पित मनगढन्ते कोभिड उपचारमा ९५ प्रतिशत बिरामीको मृत्यु भयको भनि प्रकाशित आकंडा प्रती आपत्ति जनाउदै सम्बन्धित पक्षहरुको ध्यनाकर्षण गराउँदैछ,' संघ शिक्षण अस्पताल प्रतिष्ठान रामकुमार कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संघले लेखक मैनाली र सञ्चारमाध्यमलाई तथ्य बुझेर मात्र लेख्न पनि अनुरोध गरेको छ।