काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको फार्मेसी २४सै घण्टा खुला राख्ने भएको छ।
सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन र बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै अस्पताल हाताभित्र रहेको फार्मेसी २४ घण्टा खुला गर्ने निणर्य गरेको अस्पतालका निर्देशक डा अनुप बास्तोलाले जनाएका छन्।
अस्पतालले एक सूचना जारी गर्दै प्रति बिरामीको एक पटकको सिटी स्क्यान सेवामा थप सिटी एन्जीओ परीक्षण ६ हजार ५०० शुल्क लाग्ने गरी सेवा बिस्तार गरेकोे जनाएको छ।
