काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा साउन ९ देखि १३ गतेसम्म गर्ने भएको छ। साउन ९ देखि १३ गतेसम्म विभिन्न शैक्षिक कार्यक्रमको परीक्षा हुने आयोगले जनाएको छ।
आयोगका अनुसार परीक्षामा सहभागि हुन विद्यार्थीले ७२ घण्टा अघिको पिसिआर रिपोर्ट अनिवार्य रुपमा बोक्नु पर्ने छ। पिसिआर पोजिटिभ भएकालाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार साउन ९ गते एमबिबिएस, १० गते बिडिएस, ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पर्फ्युजन टेक्नोलोजी, साउन १२ गते बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र साउन १३ गते बिपिएचको परीक्षा हुने छ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले चिकित्सा शिक्षा तर्फको स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी साउन ९ गतेदेखि सञ्चालन गर्न अनुमति दिएपछि आयोगले सोही अनुसार परीक्षा गर्न लागेको हो।
सिसिएमसीले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका उपायहरु पूर्ण रुपमा पालना गराइ उपत्यका भित्र र बाहिर परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो।
आयोगले विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा नै परीक्षा हुने जनाएको छ।
हेरौं सूचना

