काठमाडौं - देशभर हाल ६४४ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ६२७ आइसीयू र १७५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १२६ आइसीयू र ३७ भेन्टिलेटरमा, प्रदेश २ मा १० आइसीयू र १ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३६२ आइसीयू र ११५ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ६२ जना आइसीयू र १२ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५२ जना आइसीयू र ७ जना भेन्टिलेटरमा, कर्णालीमा ५२ जना आइसीयू र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४ जना आइसीयू र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २६३ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा ११ आइसीयू र ४ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १८ जना आइसीयू र ३ भेन्टिलेटरमा, वीर अस्पतालमा १५ आइसीयू र ६ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा १५ आइसीयू र ३ भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ जना आइसीयू र १६ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ३८ आइसीयू र २० भेन्टिलेटरमा, पाटन अस्पतालमा २४ आइसीयू र १२ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा १० जना आइसीयूमा, भक्तपुर अस्पतालमा ४ आइसीयू र २ भेन्टिलेटरमा छन्।
मनमोहन अस्पतालमा १ आइसीयूमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा ६ आइसीयू र १ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा १ आइसीयूमा, किस्ट अस्पतालमा ३ आइसीयूमा र धुलिखेल अस्पतालमा २३ आइसीयू र ४ भेन्टिलेटरमा छन्।