काठमाडौं - देशभर हाल ८१३ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ६३२ आइसीयू र १८१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा १३८ आइसीयू र ३९ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसीयूमा छन्। बागमती प्रदेशमा ३५६ आइसीयू र ११४ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ६४ जना आइसीयू र १४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५० जना आइसीयू र ९ जना भेन्टिलेटरमा, कर्णालीमा १० जना आइसीयू र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ७ जना आइसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २६६ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० आइसीयू र ५ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १५ जना आइसीयू र ३ भेन्टिलेटरमा, वीर अस्पतालमा १७ आइसीयू र ९ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा १२ आइसीयू र २ भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू र १६ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४६ आइसीयू र २४ भेन्टिलेटरमा, पाटन अस्पतालमा २२ आइसीयू र ९ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा ७ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ६ आइसीयू र २ भेन्टिलेटरमा छन्।
मनमोहन अस्पतालमा १ आइसीयूमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा ६ आइसीयू र १ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा २५ आइसीयू र ४ भेन्टिलेटरमा छन्।