काठमाडौं - ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कर्यान्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ बिहीबारदेखि सुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सातौं राष्ट्रिय शिखर सम्मेलन दश बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ।
सम्मेलनले संघीय संरचना अन्र्तगत वैज्ञानिक अनुसन्धानको प्रर्वद्धन गर्न स्वास्थ्य अनुसन्धानमा लगानी बढाउने लगायत, युवा अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुलाई आवश्यक सहजीकरण गर्ने र अन्र्तराष्ट्रिय खोप तथा उपचारात्मक संस्थाहरुसँग विभिन्न ट्रायलको माध्यमबाट साझेदारी गर्ने लगायतका विषय घोषणापत्रमा उल्लेख छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजना भएको सम्मेलन कोभिड महामारीका कारण भर्चुअल रुपमा भएको थियो।
सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले आफ्नो खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धानमुलक कार्यहरुको प्रस्तुति दिएका थिए । यस्तै १९ वटा पोस्टर प्रस्तुति र २४ वटा आमन्त्रित प्रस्तुति थियो।
सम्मेलनको पहिलो दिन हिजो कोभिड १९ र जनस्वास्थ्य संकट, नसर्ने रोग तथा स्वास्थ्य प्रणाली र नीति सम्वन्धी आमन्त्रित विज्ञहरु र प्रस्तुत कर्ताहरुको प्रस्तुति थियो ।
दोस्रो दिन आज स्वास्थ्य तथा तथा जनसंख्यका विभिन्न ६ वटा विधाहरुमा प्रस्तुति थियो। जसमा मातृ तथा नवजात शिशु, बाल स्वास्थ्य तथा जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वनात्मक अनुसन्धान, संक्रामक रोगहरु पोषण मानसिक स्वास्थ्य र दुव्र्यसन, बाताबरणीय स्वास्थ्य , औषधिजन्य र बायोमेडिकल अनुसन्धान लगायतका विषयमा प्रस्तुतिकरण भएका थिए।