काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६६ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुने दर ९४ दशमलब ३ प्रतिशत रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ६ हजार ६६६ जना संक्रमित निको भइसकेका छन्।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १३३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ३२८ जनामा कोराना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ५ हजार ८३७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५२७ र ४ हजार २९६ जनाको एन्टीजेन परीक्षण गर्दा ८०१ जना संक्रमित पुष्टि भएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर १९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार १९८ जना संक्रमितको मृत्यु भएको छ।