काठमाडौं - देशभर हाल ८०८ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ६२७ आइसीयू र १८१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ८१३ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १३६ आइसीयू र ३९ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसीयूमा छन्। बागमती प्रदेशमा ३५२ आइसीयू र ११२ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ६६ जना आइसीयू र १४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४९ जना आइसीयू र ९ जना भेन्टिलेटरमा, कर्णालीमा १० जना आइसीयू र ३ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ७ जना आइसीयू र ४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २६९ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० आइसीयू र ५ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १६ जना आइसीयू र ३ भेन्टिलेटरमा, वीर अस्पतालमा १८ आइसीयू र ८ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा १३ आइसीयू र ३ भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू र १६ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ४६ आइसीयू र २४ भेन्टिलेटरमा, पाटन अस्पतालमा २२ आइसीयू र ९ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा ८ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र २ भेन्टिलेटरमा छन्। मनमोहन अस्पतालमा १ आइसीयूमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा ५ आइसीयू र १ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा २७ आइसीयू र ३ भेन्टिलेटरमा छन्।