काठमाडाैं- पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ३७६ कोरोना संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी २४६ जना रहेका छन्। यसैगरी भक्तपुरमा ४९ र ललितपुरमा ८१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
हाल काठमाडौं जिल्लामा ५ हजार ५१, ललितपुरमा १ हजार ६९४ र भक्तपुरमा १ हजार २१० सक्रिय संक्रमित छन्।