काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) मा पहिलो पटक फ्याक्ल्टी वेलफेयर सोसाइटीको कार्यसमितिका लागि निर्वाचन भएको छ।
सोसाइटीको अध्यक्षमा डा सूर्यमान मेन्याङबो निर्वाचित भएका छन्। प्रेम प्रसाद पन्त उपाध्यक्ष, डा कमल थानी महासचिव, मोनिका लामा कोषाध्यक्ष, विवेककुमार पुनमगर सहसचिवमा निर्वाचित भएका छन्।
त्यसैगरी, डा सुनन्द पौडेल, डा तुफानसिंह कठायत, सुजता ओझा, सुस्मा काफ्ले, कमल कडायत र डा राम जीवन प्रसाद सदस्य रहेको निर्वाचन समितिले जनाएको छ।