काठमाडौं– गोल्छा ग्रुपले त्रिवि शिक्षण अस्पतालका नर्सहरुका लागि माइक्रो ओभन सहयोग गरेको छ।
नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानको पहलमा गोल्छा ग्रुपले नर्सहरुका लागि माइक्रो ओभन सहयोग गरेको छ।
आइतबार त्रिवि शिक्षण अस्तपालमा आयोजित एक कार्यक्रममा गोल गु्रपले नर्सहरुका लागि ३० वटा माइक्रो ओभन वितरण गरेको हो।
सो माइक्रो ओभन त्रिवि शिक्षण अस्पतालको विभिन्न विभागको नर्सिङ युनिटमा राखिने छ।
अस्पतालकी नर्सिङ निर्देशन कविता देवकोटाले माइक्रो ओभन सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गरिन्।
उनले भनिन्, ‘पहिला– पहिला अस्पतालले नै ओभन दिएको थियो, तर अहिले विभागहरु थप भए, पुरानो ओभन पनि विग्रियो, जसले गर्दा नर्सहरु ड्युटीमै खाना खानुपर्दा चिसो नै खानुपर्ने अवस्था थियो, अब भने नर्सहरुले चिसो खाना खानु पर्ने अवस्था हुने छैन।’