काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरणको माग गर्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरुले आइतबार र्याली गरेका छन्।
प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रतिष्ठानदेखि भानुचोकसम्म र्याली गरेका थिए।
उनीहरुले कालो व्यानगरमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान नामक व्यानर बोकेर प्रदर्शन गर्न सडकमा उत्रिएका थिए।
उकपुलपति लगायत प्रतिष्ठानका पदाधिकारीहरुले नै अनियमितता गरेको भन्दै उनीहरुको नेतृत्वमा काम गर्न नसक्ने भन्दै प्रतिष्ठानका अस्पताल निर्देशक विभागिय प्रमुख, मेट्रोन, कोअडिनेटरहरु लगायतले सामुहिक हस्ताक्षर संकलन थालिएको छ।
संघर्ष समितिका सदस्य अमृत जैसीले प्रतिष्ठानमा भएको आन्दोलनको विषयमा छानबिन प्रक्रिया अघि नबढे सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले सामुहिक राजिनामा दिने तयारी समेत गरेको जानकारी दिए।