काठमाडौं - देशभर हाल ७८९ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। ६०८ आइसीयू र १८१ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार ८०८ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए।
प्रदेश १ मा १३१ आइसीयू र ४७ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसीयूमा छन्। बागमती प्रदेशमा ३४४ आइसीयू र १०६ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ६५ जना आइसीयू र १३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४८ जना आइसीयू र ११ जना भेन्टिलेटरमा, कर्णालीमा ९ जना आइसीयू र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४ जना आइसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा २४५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्।
शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १० आइसीयू र ५ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १७ जना आइसीयू र ४ भेन्टिलेटरमा, वीर अस्पतालमा १७ आइसीयू र १० भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा १२ आइसीयू र ३ भेन्टिलेटरमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २३ जना आइसीयू र १५ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ३० आइसीयू र १३ भेन्टिलेटरमा, पाटन अस्पतालमा २४ आइसीयू र ११ भेन्टिलेटरमा छन्।
यस्तै निजामती कर्मचारी अस्पतालमा ७ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ५ आइसीयू र ३ भेन्टिलेटरमा छन्। नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा ५ आइसीयू र १ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा २७ आइसीयू र ३ भेन्टिलेटरमा छन्।