काठमाडौं– कोरोनाभाइरस संक्रमितको संख्या तीब्र रुपमा वृद्धि हुन थालेसँगै इन्डोनेसियामा अक्सिजन अभाव हुन थालेको छ।
सरकारले अक्सिजन उत्पादकलाई आवश्यकताको आधारमा आपूर्ति गर्न भने पनि अक्सिजन अभाबले अवस्था नियन्त्रणबाहिर गएको अस्पतालहरुले जनाएका छन्।
कोभिड १९ संक्रमित उपचार भइरहेको एक अस्पतालका अक्सिजन अभावकै कारण ६३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
इन्डोनेसियामा हाल दैनिक २५ हजारभन्दा बढी सङ्क्रमित थपिँदै आएका छन्। कोरोनाको डेल्टा स्वरुप तीब्र रुपमा फैलिरहँदा इन्डोनेसिया हाल संकटको अवस्थाबाट गुज्रिरहेको छ।