काठमाडौं- नेपाल नर्सिङ संघले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुको माग सम्बोधन गर्न माग गरेको छ।
संघले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षको माग यथाशिघ्र सम्बोधन गर्न सरकारसँग अपिल गरेको हो।
'प्रतिष्ठानमा कार्यरत नर्स, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुले विभिन्न माग राखी २४ दिनदेखि आन्दोलन गरिरहेको प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'प्रतिष्ठानको गरिमालाई कायम राख्न र बेथितिहरुको अन्त्य गर्न आन्दोलनरत पक्षको मागहरु यथाशिघ्र सम्बोधन गरी समस्या समाधान गरिदिनुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग नर्सिङ संघ अपिल गर्दछ।'
प्रतिष्ठानमा विभिन्न माग राख्दै २४ दिनदेखि आन्दोलन भइरहेको छ। आन्दोलनकारीको मागका विषयमा सरकारले भने कुनै चासो दिएको छैन।