पोखरा – गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा खिमबहादुर खड्का नियुक्त भएका छन्। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार खड्कालाई निर्देशक नियुक्त गरिएको हो।
निर्देशक खड्काले सोमबार नै पदबहाली गरेका छन्। यसअघि उनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख थिए। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदबिन्दु शर्मा प्रदेश स्वास्थ्य सचिव भएपछि उक्त पद रिक्त थियो।
खड्का हेल्थ इन्सपेक्सन समूहका ११ औँ तहका कर्मचारी हुन् ।