काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा नयाँ रजिष्ट्रार रेक्टार नियुक्त भएका छन्। प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीका अनुसार रजिष्ट्रारमा प्रकाश थापा र रेक्टरमा डा वसन्त लामिछाने नियुक्त भएका हुन्।
उपकुलपति भण्डारीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले नियुक्त गरेका हुन्।
दुवैजनालाई आज नियुक्त गरिएको उपकुलपति डा भण्डारीको भनाइ छ।
रजिष्ट्रारमा नियुक्त भएका थापा यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठामा प्रशासनमा कार्यरत थिए भने रेक्टारमा नियुक्त भएका डा लिामिछाने प्रतिष्ठानमै कार्यरत चिकित्सक पनि हुन्।