काठमाडौं– भारतीय सिने जगतका प्रख्यात अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा आज बिहान निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिए पछि करीब एक हप्ताअघि अस्पताल भर्ना भएका उनको अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनलाई जुन ३० मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो। विभिन्न रोगले सताएका उनको उपचारकै क्रममा बुधबार निधन भएको हो।
कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन्। उनीहरूका सन्तान छैनन्।
उनको जन्म सन् १९२२को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो।