काठमाडौं- पछिल्लो २४ घण्टामा एक हजार ३३३ संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित निको भइसकेका छन्।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८३५ जना पिअिसार परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार २९१ जना संक्रमितको निको भइसकेको छन्।