काठमाडाैं- पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ३९१ काेराेना संक्रमित फेला परेका छन्।
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ३९१ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी २६३ जना रहेका छन्। यसैगरी भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।