काठमाडौं- अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी अन्तर्गतको कोरोना भाइरसविरुद्धको १५ लाख डोज खोप आज नौ बजे नेपाल आइपुग्दैछ।
कतार एयरको विमानाबाट बिहान नौ बजे १५ लाख ३४ हजार ८५० डोज खोप नेपाल आउन लागेको हो।
अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि उडेको थियो।
यो खोप एक मात्रा लगाए पुग्ने खोप हो। कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई कोभ्याक्स मार्फत खोप सहयोग गरेको हो।
यो नेपालमा प्रयोग हुने कोरोना विरुद्धको तेस्रो खोप हो। यसअघि नेपालमा अक्सफोड अस्ट्राजेनकाले विकास गरेको भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड र चीनको सिनाफार्मको भेरोसेल खोप प्रयोग भइरहेको छ।
यी दुबै खोप दुई मात्रा लगाउनुपर्छ।
स्वास्थ्य मन्त्रालयको आइतबारको तथ्यांक अनुसार नेपालमा हालसम्म कोभिडको पहिलो मात्रा २६ लाख ११ हजार ८०७ र दोस्रो मात्रा अर्थात पूणर् खोप १० लाख ४१ ह्जार ३६६ जनाले पाएका छन्।