काठमाडौं – सुर्खेतका स्वास्थ्यकर्मी किरण वलीले सरकारी जागिरबाट स्वैच्छिक अवकास लिदै राजनीतिमा लागेका छन्। उनले २२ वर्षे सरकारी जागिरबाट स्वैच्छिक अवकास लिदै राजनीतिमा लागेका हुन्।
राजनीति मार्फत समाजसेवा गर्ने भन्दै आफुले अवकास लिएको उनले बताएका छन्। २०५६ सालमा लोकसेवा दिएर उनीले जागिरे जीवनको सुरुवात गरेका थिए। उनी नेपाल स्वास्थ्यकर्मी संघको जिल्ला उपाध्यक्ष, मध्यपश्चिम क्षेत्रीय अध्यक्ष, केन्द्रीय महासचिव हुँदै हाल निर्वाचित केन्द्रीय उपाध्यक्ष भएको दुई वर्ष भयो।
कर्मचारी समायोजनपछि स्वास्थ्य शाखा प्रमुख दरबन्दी अनुसार आएपछि मालारानी स्वास्थ्य चौकीमा आठ महिना काम गरेर असार २४ गते स्वैच्छिक अवकास लिएको उनले बताए। उनी विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रि थिए। आफ्नो राजनैतिक यात्रा २०४७ साल वैशाख ४ गतेदेखि सुरु भएको उनले बताएका छन्।