काठमाडौं - गत २४ घण्टामा देशभर १ हजार १३३ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा २ हजार ३७० कोरोना संक्रमित भेटिएका छन्। देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ।
उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ।